कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

चिट्ठा विधेयकले प्रदेशसभामा ठेलमठेल

सुवास विडारी

मकवानपुर — प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएको विधेयक सदनको कार्यसूचीमै नराखी सरकारले ‘पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेपछि वाग्मती प्रदेशसभा बैठकमा अवरोध सिर्जना भएको छ ।

चिट्ठा विधेयकले प्रदेशसभामा ठेलमठेल

प्रदेशसभाले वैशाख १२ गते प्रदेश प्रमुख यादव शर्मासमक्ष प्रमाणीकरणका लागि पेस भए पनि पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरिएको प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको विधेयक सोमबारको प्रदेशसभा बैठकमा सरकारले पेस गर्न खोज्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले अवरोध सिर्जना गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सदनमा उक्त विधेयकमा सच्याइएको बुदाँसहित ‘पुनर्विचार गरियोस्’ भन्ने बारे सदनमा जानकारी गराउने क्रममा एमाले सांसदहरूले होहल्ला गरेका थिए ।

साथै सभामुख भएको स्थानमा जान खोजेपछि केही समय सांसद र सुरक्षाकर्मीबीच ठेलमठेल भएको थियो । एमाले सांसदले टेबल बजाउने र सुरक्षा घेरा तोडेर अगाडि बढ्न खोजेपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । एमाले सांसदले पटक/पटक सुरक्षा घेरा तोडेर सभामुख र मन्त्री लामा भएको स्थानमा जान खोजेका थिए ।

एमाले सांसदहरूले कुनै पनि विधेयक सरकारले पेस गर्नुपूर्व सांसदहरुलाई सूचना दिनुपर्नेभन्दै सदन अवरुद्ध गरेका हुनु ।

‘सांसदलाई सूचना दिएपछि संशोधनको सूचना स्वीकार्य गर्ने वा अस्वीकार्य गर्ने माननीयले प्रस्ताव राख्न पाउनुपर्छ । त्यसपछि मात्र विधेयक टेबल हुन्छ । प्रदेश प्रमुखले लामो टिप्पणीसहित फिर्ता गरेको विषय हतारमा प्रदेशसभामा पेस गरियो । यो ल्याउने बाटो गलत भयो,’ एमाले सांसद केशवप्रसाद पोखरेलले भने । एमालेले प्रदेश प्रमुखले कुन-कुन विषयमा असहमति राखेको जानकारी दिन सदनमै माग गरेका थिए । ‘सरकारले विधेयक ल्याउँदा सदनमा विधिवतरुपमा प्रदेशसभामा ल्याउनुपर्‍यो । अन्यथा पुनर्विचारको प्रस्ताव अगाडि नबढोस्,’उनले भने ।

विधेयक सरकारले जेठ ७ गते पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित फिर्ता पठाएका थिए ।

प्रकाशित : आश्विन १५, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?