कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोशीमा बेवारिसे शव फेला

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुममा पर्ने सुनकोशी नदी किनारमा मंगलबार बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार करिब ५० वर्षको पुरुषको शव खैरेनीघाट नजिक सुनकोशी किनारमा फेला परेको हो ।

शव देखिएको खबर स्थानीयले गरेपछि प्रहरी चौकी लुभुघाट र इलाका प्रहरी कार्यालय खाँडादेवीबाट सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : आश्विन २, २०८० ११:०२
प्रतिक्रिया
पठाउनुहोस्