दोलखामा करेन्ट लागेर महिलाको मृत्यु


दोलखा — दोलखाको वैत्यश्वर गाउँपालिका-१ केलेश्वरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सीता गिरी रहेकी छन् ।

आइतबार मिलमा धान कुट्न गएकी उनलाई मिल चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु विषयमा थप अनुसन्धान भइरहेको भनाइ छ ।
प्रकाशित : भाद्र ३१, २०८० १८:०२