डाक्टर कुट्नेलाई कारबाही माग गर्दै प्रदर्शन

सुवास विडारी

मकवानपुर — हेटौंडामा डाक्टर कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग गर्दै युवाहरुले यहाँ शान्तिपूर्ण प्रदर्शन गरेका छन् । उनीहरूले हेटौंडाको बुद्धचोकमा उभिएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

डाक्टर कुट्नेलाई कारबाही माग गर्दै प्रदर्शन

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापर्बाहीका कारण बिरामीको मृत्यु भएको भन्दै डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए । घटनामा संलग्नलाई कारबाही गर्नबाट स्थानीय प्रशासन र प्रहरीले ढिलाई गरेको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी युवा विकेशलाल श्रेष्ठले अस्पतालजस्तो संवेदनशील र आकस्मिक सेवा प्रदान गर्ने स्थानमा डाक्टरमाथि कुटपिट हुनु असाध्यै दुःखद् भएका कारण मौन रूपमा प्रदर्शन गरिएको बताए ।

प्रकाशित : भाद्र २८, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्