कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिरोले सडक बगाएपछि चरिकोट–सिंगटी खण्ड अवरुद्ध

केदार शिवाकोटी

दोलखा — पहिरोले दोलखाको उत्तरी क्षेत्र जोड्ने मुख्य चरिकोट–सिंगटी सडक अवरुद्ध भएको छ । कालिञ्चोक गाउँपालिका –४ चपलेटीमा आइतबार रातिको वर्षापछिको पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पहिरोले सडक बगाएपछि चरिकोट–सिंगटी खण्ड अवरुद्ध

सडक अवरुद्ध बनेपछि सिंगटी लगायतको क्षेत्रमा चल्ने सार्वजनिक यातायातसहित ढुवानी र बिरामी बोकेका एम्बुलेन्स प्रभावित बनेको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित : भाद्र १८, २०८० ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?