कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

त्रिभुवन राजपथको पहिरो पन्छाइएसँगै यातायात सञ्चालनमा

रासस

मकवानपुर — शनिबारदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आइतबार बिहान गएको पहिरो पन्छाएर हेटौंडा–काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइएको छ ।

भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामिडाँडामा बर्सातले पहिरो जाँदा शनिबार बिहान करिब ४ बजेदेखि उक्त खण्डमा यातायात सेवा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले जनाएको छ ।

भैंसेस्थित सडक विभागको जेसिबी र लोडरसहितको प्राविधिक टोली आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरेर दिउँसो १ बजेदेखि यातायात सञ्चालन भएको पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए । उनका अनुसार उक्त सडक खण्ड भएर हेटौंडा, पालुङ र काठमाडौंतर्फ यातायात सञ्चालनका लागि अहिले कुनै अवरोध छैन ।

त्यस्तै, काठमाडौंबाट हेटौंडतर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएको पहिरो पन्छाउने कार्य भइरहेको मकवानपुरका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार भैंसे–भीमफेदी हुँदै काठमाडौं जाने सडक अन्तर्गत सिस्नेरीतर्फको खण्ड पूर्णरुपमा अवरोध भएकाले फाखेलतर्फबाट यातायात सञ्चालन भइरहेको छ ।

प्रकाशित : श्रावण २८, २०८० १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?