करेन्ट लागेर एकको मृत्यु, एक घाइते

कृष्ण थापा

नुवाकोट — नुवाकोटको तादी गाउँपालिका ४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक योगेश खरेलले बताए ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?