नुवाकोटमा खोलामा डुब्दा एकको मृत्यु


नुवाकोट — तादी गाउँपालिका-४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् ।

श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी बाहिर निकालेको थियो । उनलाई अस्पताल लैजान नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले मृतकका आफन्तलाई खबर गरिएको जनाए ।
प्रकाशित : जेष्ठ २६, २०८० २२:२०