१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिन्धुलीमा सर्पको टोकाइबाट महिलाको मृत्यु

१० दिनको अवधिमा सर्पको टोकाइबाट एकै ठाउँका तीन जनाको मृत्यु
राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो ।

शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा लगिएकोमा उपचारका क्रममा कार्कीको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले बताए ।

प्रकाशित : जेष्ठ २६, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?