म्याद गुज्रेका र अखाद्य सामग्री बिक्री गर्ने व्यवसायीलाई जरिवाना

टीकाप्रसाद भट्ट

रामेछाप — कानुन बमोजिम व्यवसाय दर्ता नगरेका, म्याद गुज्रेका र अखाद्य सामग्री बिक्री वितरणमा राख्ने व्यवसायीलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

म्याद गुज्रेका र अखाद्य सामग्री बिक्री गर्ने व्यवसायीलाई जरिवाना

बुधबार रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे नेतृत्वको बजार अनुगमन टोलीले मन्थली बजारका श्रृंगार, हार्डवयेर र खाद्यान्न गरी ३५ वटा पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने व्यवसायीलाई १० देखि १५ हजारसम्म जरिवाना गरिएको थियो । घिमिरेका अनुसार टोलीले व्यवसायीहरुलाई कुल २ लाख ५८ हजार जरिवाना गराएको र म्याद गुज्रेको ७२ हजार ५ सय ४२ बराबरको सामग्री नष्ट गरिएको छ ।

उपभोक्त संरक्षण समितिको संयोजक रहेका घिमिरेको नेतृत्वमा भएको अनुगमनमा यसअघि मन्थलीमा रहेका ३ वटा डेरी व्यवसायीलाई जनही १५ हजार र इन्धनमा तोकिएको भन्दा बढी मूल्य लिने लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका अन्य बजार केन्द्रमा समेत अनुगमन कार्य गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?