कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अनिल परियार हत्याकाण्डका मुख्य आराेपित पक्राउ

रमेशकुमार पौडेल

चितवन — १३ महिनाअघि भरतपुर महानगरपालिका-७ कृष्णपुरमा भएकाे अनिल परियार हत्याकाण्डका मुख्य आराेपित पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

'काने' भनिने अनिल परियार नेपाली कांग्रेसका कार्यकर्ता थिए । गत वर्ष सम्पन्न स्थानीय निर्वाचनकाे प्रचार प्रसारकाे अन्तिम दिन वैशाख २५ गते साँझ साढे ७ बजे परियारकाे हत्या भएकाे थियाे ।

उक्त घटनापछि भरतपुरमा प्रदर्शनसँगै यहाँको राजनीतिक माहोल केही उत्तेजित भएकाे थियाे । तर प्रहरीले घटना राजनीतिक नभएर व्यक्तिगत रिसईबीले भएकाे भन्दै अनुसन्धान अगाडि बढाएकाे थियाे ।

अनिललाई धारिलाे हतियारले प्रहार गर्ने भरतपुर महानगरपालिका-२६ दिब्यनगर बस्ने ३८ वर्षीय अजयसिंह भनिने अशाेक भण्डारी पक्राउ परेकाे चितवन प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

भण्डारी घटनाकाे मुख्य याेजनाकार भएकाे डीएसपी पण्डितकाे भनाइ छ । यसअघि पनि उक्त हत्याकाण्डसँग जाेडिएका केही व्यक्तिहरू पक्राउ परेर कारबाही भाेगेका थिए ।

भारतबाट नेपाल फर्कँदै गरेका अशाेकलाई रूपन्देही प्रहरीकाे सहयाेगमा बेल्हिया (सुनाैली) बाट साेमबार मध्यराति पक्राउ गरिएको चितवन प्रहरीले जनाएकाे छ । थप अनुसन्धानका लागि बुधबार चितवन जिल्ला अदालतबाट म्याद थप गरेकाे डीएसपी पण्डितले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २४, २०८० १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?