१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मन्थलीमा टेम्पो दुर्घटना :  ५ विद्यार्थी घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीबाट मन्थली माविका विद्यार्थी बोकेर बुधबार बिहान मन्थलीतर्फ आउदै गरेको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ गम्भीर छन् । 

मच्छेडाडीको सडकमा गुडिरहेको प्रदेश २–००१ ह ०२९१ नम्बरको उक्त टेम्पो दुर्घटनामा परेको थियो । घाइतेलाई तत्काल उद्धार गरी तामाकोशी अस्पतालमा भर्ना गरिएकोमा एक जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । अन्य घाइते सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?