मिनीट्रकको ठक्करबाट साँगामा पैदलयात्रीको मृत्यु

ज्योती श्रेष्ठ

काभ्रे — बनेपा नगरपालिका वडा नम्बर–१३, स्थित साँगामा मिनीट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार राति करिब ८ बजेतिर काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख४२९४ नम्बरको गाडीले सडकछेउमा हिँडिरहेका तेमाल–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।

दुर्घटनामा संलग्न सवारी चालक र सवारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?