जिपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


चितवन — भरतपुर महानगरपालिका-१५ जानकीचोकमा सोमबार दिउँसो जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा भरतपुर-१५ का ५० वर्षीय विरेन्द्र राउत रहेका छन् ।


राउतले चलाएको बा ८५ प ३६२७ नम्बरको मोटरसाइकल दिउँसो साढे तीन बजेतिर ना ३ च ११९ नम्बरको जिपसँग ठोक्किएको थियो । राउतको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
मोटरसाइकलपछाडि बसेका ४१ वर्षीय राजकुमार नेपाली सामान्य घाइते भएका थिए । राउत र नेपाली दुवैजनाको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा दिउँसो सवा चर बजेतिर वीरेन्द्र राउतको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए ।
प्रकाशित : जेष्ठ २२, २०८० १७:१६