कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रमेशकुमार पौडेल

चितवन — मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा  परेर ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सन्तोषले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर-५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो । भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको डीएसपी पण्डितले बताए ।

प्रकाशित : जेष्ठ २२, २०८० ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?