१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

करेन्ट सर्ट भई आगो लाग्दा साढे तीन लाख बराबरको क्षति

रमेशकुमार पौडेल

चितवन — चितवनको दक्षिणी क्षेत्र माडी नगरपालिका १ चितईमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा साढे ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोही ठाउँका राजकुमार विकको घरछेउमा रहेको फर्निचरमा सोमबार बिहान साढे पाँच बजेतिर आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

करेन्ट सर्ट भई आगो लाग्दा साढे तीन लाख बराबरको क्षति

आगलागीमा परी दुईवटा बाख्रा जलेर मरेका छन् । आगो राजकुमारको भान्साकोठा र बाख्रा गोठसम्म फैलिएको थियो । कुनै मानवीय क्षति नभए पनि आगलागीमा परी साढे तीन लाख रूपैयाँ बराबरको नोक्सानी भएको डीएसपी पण्डितले बताए ।

प्रकाशित : जेष्ठ २२, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?