कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-४ कुबिन्डे ढुंगेखोलास्थित शनिडाँडामा मंगलबार राति  भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको  छ ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा बलेफी गाउँपालिका- २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका-११ का १६ वर्षीय अनिल माझीको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति अन्दाजी १२ बजेतिर मोटरसाइकल सडकबाट १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । १२ बजे दुर्घटना भए पनि प्रत्यक्षदर्शीले बुधबार बिहान मात्रै मोटरसाइकल क्षतिग्रस्त देखेर प्रहरीलाई खबर गरेका थिए ।

बिहानै पुगेको सुरक्षाकर्मीले आवश्यक स‍ोधपुछ र अनुसन्धान थालेको सूचना अधिकारी डीएसपी रामकुमार यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १७, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?