चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको निधन

रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको निधन भएको छ ।

चितवनमा ट्रकको ठक्करबाट साइकल यात्रीको निधन

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १० बजे भएको घटनामा राप्ती-४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो । साइकल चलाइरहेका उनलाई पूर्वबाट पश्चिम नारायणगढतर्फ आइरहेको बा प्र ०३-००१ ख १८६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

टाउको, अनुहार र हात खुट्टामा चोट लागेका पाण्डेलाई भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारमा लागि भर्ना गरिएको थियो ।

चिकित्सकले पाण्डेलाई राति साढे १० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक भट्टको भनाइ छ । प्रहरीले ट्रकका चालक मकवानपुर हेटौंडा-९ ठेगाना भएका २५ वर्षीय दिपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?