चितवनमा बस दुर्घटना, २१ जना घाइते
चितवन — पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर पल्टेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, ३ जनाको कुरिनटारको स्थानीय अस्पतालमा र १ जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित : जेष्ठ १६, २०८० १८:३४प्रतिक्रिया