१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पालिका अध्यक्ष कप रिसाङ भूमि ठाडेलाई

बलराम घिमिरे

रसुवा — दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको ट्रफी रिसाङ भूमि ठाडेले हात पारेको छ । सोमबार सम्पन्न भएको फाइनल प्रतियोगितामा रिसाङ भूमि ठाडे टिमले जुनतारा ग्रेलाई २४–२६, २५–१८, २७–२५ र २५–१४ को सेटमा पराजित गर्दै प्रतियोगिताको ट्रफी हात पार्न सफल भएको हो ।

पालिका अध्यक्ष कप रिसाङ भूमि ठाडेलाई

गोसाइकुण्ड गाउँपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा सदरमुकाम धुन्चेमा दोस्रो पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

विजेता टिमलाई नगद २ लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । उपविजेता हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाएको छ । त्यस्तै तेस्रो हुने यार्सा टिमले नगद १ लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल पाएको छ ।

खेलको माध्यमबाट गोसाईकुण्ड गाउँपालिकाभित्र रहेको कला‚ संस्कृतिलगायत पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरी पर्यटक भित्र्याउनका लागि भलिबल प्रतियोगिता तथा बृहत् सांकृतिक कार्यक्रमको आयोजना गरिएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?