१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिन्धुलीमा सर्पको टोकाइबाट दाजुभाइको मृत्यु

राजकुमार कार्की

सिन्धुली — विषालु सर्पको टोकाइबाट सिन्धुलीको दुधौली नगरपालिका १ भलुवाहीमा दाजुभाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली सञ्चार शाखाका अनुसार गणेश पहाडीका छोराहरू १३ वर्षीय ग्रिष पहाडी र ३ वर्षीय ग्रिष्म पहाडीको मृत्यु भएको हो । 

घटना विवरणअनुसार सोमबार राति सँगै सुतेका छोराहरू मंगलबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि महोत्तरीको गौरवासमा रहेको सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

सर्पदंश केन्द्रले समेत रिफर गरेपछि जनकपुर लगिएकोमा त्यहाँको अस्पतालले दाजुभाइको नै मृत्यु भएको घोषणा गरेको शिक्षक पहाडीले जानकारी दिए ।

सिन्धुली प्रहरीले घटनाको जानकारी आए पनि जनकपुरमा मृत्यु भएकाले यकिन विवरण प्राप्त भइनसकेको जनाएको छ । प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालले घटनाको विस्तृत जानकारीका लागि प्रहरी चौकी हत्पतेबाट टोली खटिएर घटनास्थलतर्फ गएको बताए ।

प्रकाशित : जेष्ठ १६, २०८० ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?