२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वाग्मती सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

वाग्मती सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले दीगो विकासको अवधारणा अनुसार योजना निर्धारण गर्ने, सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने तथा आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने घोषणा गरेको छ ।

‘प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

वाग्मती सरकारले पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने भएको छ । यस्तै योजना तथा कार्यक्रमको यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजनाहरु स्थानीय तहमा पठाइने नीति सरकारले अबलम्बन गर्ने भएको छ ।

पुँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने पनि घोषणा गरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x