कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज

हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्‌मा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ । नीति तथा कार्यक्रममा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ । आर्थिक मन्दीका कारण राजस्वमा संकलनमा आएको गिरावटलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि गत जेठ ९ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक २०८०–०८१ को सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?