नुवाकोटमा तीन दिन विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा यस वर्षको गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नुवाकोटमा तीन दिन विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

दिवसको अवसरमा सरकारी तथा निजी कार्यालय, घरघरमा दीपवली, साहित्यिक कार्यक्रम, रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण, मठमन्दिरसहितका ऐतिहासिक स्थलमा सरसफाइ लगायतका कार्यक्रम गरिने छ ।

साथै सांस्कृति कार्यक्रम, झाँकी, स्थानीयतहका विद्यालयमा फरक क्षमता भएका विद्यार्थीलाई खेलकुद सामग्री वितरण गर्दै प्रभातफेरी गरिने भएको छ ।

यस्तै वन तथा जलाधार कार्यालयले पायक पर्ने स्थानमा वृक्षारोपण गर्ने पनि तालिका रहेको मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हरेक वर्ष वैशाख १५ गते मनाइने गणतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?