३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

काठमाडौँ — वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे ।

प्रकाशित : जेष्ठ ११, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?