नुवाकोटको गोल्फुभन्ज्याङमा प्रहरी चौकी राख्न माग

कृष्ण थापा

नुवाकोट — नुवाकोट र सिन्धुपाल्चोक सिमाना पर्ने गोल्फुभन्ज्याङमा प्रहरी चौकी माग गरिएको छ । चोरी र सुरक्षाको दृष्टिले संवेदनशील भएकाले चौकी माग गरेको स्थानीय मानबहादुर योन्जनले बताए ।

'दुप्चेश्वर, मेलम्ची नगरपालिका र शिवपुरी गाउँपालिका मध्यकेन्द्र पनि हो । सुरक्षाको हिसाबले यहाँ प्रहरी आइपुग्न दुप्चेश्वरको समुन्द्रटारबाट ३ घण्टा लाग्छ,' उनले भने, 'विगतमा धेरै घटना भएकाले यहाँ चौकी आवश्वयक छ ।' सिन्धुपाल्चोकको तारामाराङ चौकीबाट पनि ४ घण्टा समय लाग्ने योञ्जनले बताए । गोल्फुभन्ज्याङ वरिपरि १ सय घरधुरी र एक हजार बासिन्दा छन् ।

प्रहरी चौकी राख्नका लागि आवश्यक जग्गा स्थानीय केसाङ शेर्पाले दिने घोषणा गरेका छन् । उक्त जग्गा वाग्मती प्रदेश सदस्य राधिका तामाङ, प्रमुख जिल्ला अधिकारी किरण थापा, नुवाकोट प्रहरी कार्यालयका एसपी रमेश पण्डितलगायतको टोली, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापालगायतले अवलोकन गरेका छन् । प्रदेश सांसद तामाङले गोल्फुभन्ज्याङमा प्रहरी चौकी अत्यन्त आवश्यक रहेको बताइन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

चटयाङले लागेर बालकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिका – १२ चिलाउनेमा चटयाङ लागेर मंगलबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

वर्षातसँगै परेको चट्याङ लागेर स्थानीय निमा तामाङको १२ वर्षीय छोरा खडगबहादुर तामाङको मृत्यु भएको प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

गोठमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा खडगबहादुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक फुयाँलले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×