सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

रमेशकुमार पौडेल

चितवन — सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ ।

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको हो । पहिरोले गर्दा दुईतर्फी न‌ै बाटो अवरूद्ध भएको छ ।

डिभिजन सडक कार्यालयसँग समन्वय गरी बाटो खुलाउने काम सुरू भएको डीएसपी पण्डितले बताए ।

प्रकाशित : जेष्ठ ८, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?