किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवक पक्राउ

ज्योती श्रेष्ठ

काभ्रे — किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली रहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

किशोरीलाई यौनधन्दामा लगाउने रोशीका एक युवक पक्राउ

बनेपा–८ मा रहेको लामा क्याफेमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा जेष्ठ ५ गते साँझ ५ः३० पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोरा जानकारीले दिए । उनका अनुसार उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको हो ।

होटल सञ्चालक राधाकृष्णलाई कानुनबमोजिम नियन्त्रणमा लिइएको र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

प्रकाशित : जेष्ठ ८, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?