१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चितवन-२ मा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

रमेशकुमार पौडेल

चितवन — वैशाख १० मा हुने निर्वाचनका लागि चितवन-२ मा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने नियुक्त भएका छन् । चैत्र २० गते उम्मेद्वार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

चितवन-२ मा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीका अनुसार चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिर ४ मा निर्वाचन हुँदाको भन्दा ४८० मतदाता थपिएका छन् । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित चितवन-२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडाहरू पर्दछन् । मतदानस्थल ४३ र मतदान केन्द्र १३८ रहेको निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए ।

मंसिर ४ मा निर्वाचन हुँदा अत्याधिक मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेको नागरिकता विवादमा अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि चितवन-२ मा उप–निर्वाचन हुन लागेको हो ।

गत मंसिरमा भएको निर्वाचनमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केज्द्रीय सभापति रवि लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९८३ मत आएको थियो भने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाएका थिए।

प्रकाशित : चैत्र १८, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?