कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

नुवाकोट — नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । दुप्चेश्वर गाउँपालिका-४ वेतिनिस्थित धारापानीमा शुक्रबार दिउँसो साढे १ बजेतिर ३९८४ नम्बरको टाटा सुमो दुर्घटना भएको हो ।

नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

दुर्घटनामा दुप्चेश्वरकै २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारार्थ तादी गाउँपालिकामा रहेको खरानीटार अस्पताल र काठमाडौंका अस्पतालहरुमा पठाइएको छ ।

जिप ओरालो झर्नेक्रममा भीरबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाको सचिवालयले उद्धार कार्य जारी रहेको र खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न समस्या भइरहेको बताएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?