बैंकिङ कसुरमा मोरङका पाण्डे पक्राउ

कृष्ण थापा

नुवाकोट — बैंकिङ कसुरमा मोरङ उर्लाबारीका विवश पाण्डे पक्राउ परेका छन् । नुवाकोट तादीगाउँपालिका ३ आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटारबाट ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ बैंकिङ कसुरको अपराध गरेकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनलाई उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद लिई थप अनुसन्धानका लागि नुवाकोट ल्याइएको प्रहरीले जनाएको छ ।

लुकिछिपी काठमाडौंस्थित महाराजगंजमा बसेको अवस्थामा उनलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरी नुवाकोट ल्याएको जनाएको छ । उक्त संस्थाबाट निज पाण्डेले विभिन्न मितिमा किर्ते कागजात तयार पारी अनधिकृत रुपमा रकम निकालेको र मातहतका कर्मचारीहरुलाई प्रभावमा पारी झुक्याई रकम दुरुपयोग गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक स्थानका अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको चेतावनी

एक साताभित्र अनधिकृत संरचना नहटाए महानगरले हटाइदिने जनाएको छ । तर यसरी जबर्जस्ती रुपमा संरचना हटाउँदा लाग्ने खर्च निर्माण गर्ने व्यक्तिबाट नै असुल गरिने महानगरपालिकाले सूचना जारी गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन चेतावनी दिएको छ । तर तोकिएको समय अवधिमा नहटाइए महानगर आफैंले ती संरचना हटाउने र त्यसरी हटाउँदा लाग्ने खर्च निर्माणकर्ता स्वयंबाट भुक्तान गराइने महानगरले जनाएको छ ।

नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृत रूपमा निर्माण भएका संचरना हटाउन भन्दै महानगरले सूचना निकालेको हो ।

महानगरले शनिबार निकालेको सूचनामा भनिएको छ, 'काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरिरहेका सम्बद्ध सबै सरोकारवालाहरूलाई ७ दिनभित्र ती संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।'

महानगरले पटकपटक सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्नेलाई हटाउन आग्रह गर्दै आएको छ । यस्तै, अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चाल ऐन २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्चसमेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने समेत चेतावनी दिएको छ ।

यसअघि महानगरले थापाथलीस्थत वाग्मती करिडोरमा रहेको सुकुम्बासी बस्‍ती जबर्जस्ती हटाउन खोज्दा स्थानीयहरूसँग झडप भएको थियो ।

प्रकाशित : चैत्र ११, २०७९ १३:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×