सिन्धुलीको घ्याङलेखमा गोठमा आगलागी हुँदा २० बाख्रा जले

रासस

सिन्धुली — घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।

बिहीबार राति ११ बजेको समयमा गोठमा आगलागी भएको र आगलागीबाट दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक संघ बाराको अध्यक्षमा सहनी

लक्ष्मी साह

बारा — कांग्रेस निकट नेपाल शिक्षक संघ बाराको नवौं जिल्ला अधिवेशनबाट राजकिशोर सहनी अध्यक्षमा निर्वाचित भएका छन् । उनको नेतृत्वमा अन्य पदाधिकारीसहित २० सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । मतदान प्रक्रियाबाट उनीहरु निर्वाचित भएका हुन् । 

दुई प्यानलमा बुधबार कलैयामा सम्पन्न मतदानपछि शुक्रबार मतगणना सकिएको हो । सहनीले १ हजार १ सय १७ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष परमहंश यादवले ८ सय ७७ मत प्राप्त गरे । २ सय ४० मतको फराकिलो अन्तरले सहनी निर्वाचित भएका हुन् । उ

पाध्यक्षमा अनिता चौधरी, सुभाषचन्द्र यादव, सचिवमा शुकदेव यादव, सचिव (अर्थ)तर्फ ऋषिकान्तकुमार, सचिव रामविनयप्रसाद यादव, समावेशी सहसचिवतर्फ धनीराम चौधरी र हितेन्द्र चौधरीलगायत १२ जना अन्य सदस्य निर्वाचित भएका हुन् ।

सहनी संस्थापन र यादव इतर पक्षबाट प्यानल बनाएर चुनावी मैदानमा थिए । सबै पदाधिकारी र अधिकांश सदस्यहरु संस्थापन पक्षकै निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×