वाग्मती प्रदेशसभा बैठक चैत १० गते बस्ने

मकवानपुर — कांग्रेस अनुपस्थित हुने भएपछि वाग्मती प्रदेशसभा बैठक चैत १० गतेका लागि सारिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक दुई दिनपछि सारिएको हो ।

मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच भएको छलफलपश्चात् आगामी प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजे सार्ने सहमति भएको हो । प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक सारेको विषय जानकारी गराएको छ ।
प्रकाशित : चैत्र ८, २०७९ १७:३०