कमलामाई नगरपालिका-१० लाई १ लाख नगद पुरस्कार

राजकुमार कार्की

सिन्धुली — तेस्रो मेयरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेसँगै कमलामाई नगरपालिका १० ले १ लाख रुपैयाँ हात पारेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाका १४ वडामध्ये ९ वटा वडा प्रतियोगितामा सहभागी भएका थिए । 

कमलामाई नगरपालिका-१० लाई १ लाख नगद पुरस्कार

नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगिताको फाइनल खेलमा वडा नं. ५ लाई सोझो सेटमा पराजित गरेर वडा नं. १० ले १ लाख नगदसहित सिल्ड र प्रमाणपत्र पाएको छ ।

उपविजेता वडा नं. ५ ले ५० हजार नगद पाएको छ । त्यस्तै तेस्रो किशोरी उपमेयरकप भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगितामा ३ वटा वडाले भाग लिएका छन्

प्रकाशित : चैत्र ८, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?