कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नुवाकोटका २ क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त प्यानल विजयी

कृष्ण थापा

नुवाकोट — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नुवाकोटको दुई वटा क्याम्पसमा संयुक्त प्यानल विजयी भएको छ । निर्वाचन परिणामअनुसार नेविसंघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त समूह विजयी भएको हो ।

नुवाकोटका २ क्याम्पसको स्ववियु निर्वाचनमा संयुक्त प्यानल विजयी

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त प्यानलबाट सभापतिमा नेविसंघका रविन दाहाल ३ सय ४१ मत प्राप्त गरी सभापति पदमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्रबाट रिजन प्रधानले १ सय ७३ मत ल्याएर पराजित हुन पुगे । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका फैसल दिनले १ सय ६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा अनेरास्ववियु क्रान्तिकारीका राजेन्द्र पनेरुले ४सय ३०, कोषाध्यक्ष अनेरास्ववियुका मनोज पौडेलले ३ सय४० मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अश्विन रिमालले ३ सय ५१,सन्तोष पन्तले ३ सय २६,सुप्रिया पौडेलले ३ सय ५,जनक भट्टले ३ सय ४२, अस्मिता पौडेलले ३ सय४, सन्जिता रिमालले ३ सय ११ र प्रदिप ढुंगानाले २ सय ९४ मत पाई निर्वाचित भएका छन् । समानुपातिकतर्फ २ सय ८६ मत पाएर नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ ।

निर्वाचनमा नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा १ हजार १ सय ४३ विद्यार्थी मतदाता छन् । त्यसमध्ये ७ सय ४२ जनाले मात्र मतदान गरेका थिए । ३९ मत बदर भएको थियो । नुवाकोट आदर्श वहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

त्यस्तै त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पनि संयुक्त प्यानलका किरण मगराती निर्वाचित भएका छन् ।उनले १ सय ४७ मत प्राप्त गरी उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका समिर तामाङले ८३ मत मात्र मत पाएर पराजित भए । त्यसैगरी सचिवमा रिसाल तामाङले १ सय ६३, कोषाध्यक्ष उर्मिला तामाङले १ सय ५१,शान्तबहादुर तामाङले १ सय ५२ मत पाई निर्वाचित भए

त्यसैगरी सदस्यहरुमा सन्तोषी सुर्खेतीले १ सय ४०,अशोक अधिकारीले १ सय ५०,सजना खातीले १सय ४२ र तुलसा अधिकारीले १ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । समानुपातिकतर्फ १ सय १४ मत ल्याएर नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ भने अनेरास्ववियु ६० मतसहित दोस्रो भएको छ । यस क्याम्पसमा ३ सय १२ मतदाता रहेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?