कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वर्षाअगावै पुल बनाइसक्ने सहमतिपछि आन्दोलन स्थगित

राजकुमार कार्की

सिन्धुली — तत्काल पुल निर्माणको काम सुरु गर्ने सहमतिपछि सिन्धुलीको फिक्कल गाउँपालिकाका स्थानीयले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । गाउँपालिकामा सोमबार स्थानीय, ठेकेदार, आयोजना र पालिका प्रतिनिधिबीच वार्ता भएर सहमति भएको हो ।

वर्षाअगावै पुल बनाइसक्ने सहमतिपछि आन्दोलन स्थगित

स्थानीयले चार दिनदेखि मध्य पहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–६ सोखुखोलामा अलपत्र पक्की पुल छिटो बनाउन माग राख्दै दैनिक चक्काजाम गर्दै आएका थिए ।

पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सन पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर वाईपी विकास एन्ड बंदर्श र आत्रेय जेभीलाई दिइएको थियो । उक्त कम्पनीले तीन वर्षअघि अलपत्र पुल सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।गत वर्ष नै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम विभिन्न बहाना गर्दै निर्माण व्यवसायीले लम्ब्याएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार तत्काल काम सुरु गरी वर्षाअगावै सम्पन्न गर्ने सहमति भएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?