१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्ववियु निर्वाचन : चितवनका २ क्याम्पसमा अखिल विजयी

रमेशकुमार पौडेल

चितवन — त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चितवनका दुई वटा कलेजहरूमा मात्रै आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठनका लागि मतदान भएको छ । जिल्लाको ठूलो र जेठो क्याम्पस वीरेन्द्रसहित अन्य १५ वटा क्याम्पस कलेजमा चुनाव स्थगित भएको छ । निर्वाचन भएका दुई क्याम्पसमा अखिलका उम्मेदवार स्ववियु सभापतिमा विजयी भएका छन् ।

स्ववियु निर्वाचन : चितवनका २ क्याम्पसमा अखिल विजयी

रत्ननगर टाँडीको सहिद स्मृति क्याम्पसमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुका राजेन्द्र सापकोटा स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

त्यसैगरी माडीको माडी क्याम्पसमा पनि एमाले निकटकै राकेश चौधरी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । टाँडी क्याम्पसमा अखिल पक्षधर विद्यार्थी संगठनहरू संयुक्त प्यानल बनाएर चुनावमा उठेका थिए । माडीमा एमाले निकटको अनेरास्ववियु एकतिर थियो भने सत्तारूढ दल र राप्रपा निकटको विद्यार्थी संगठन संयुक्त भएर निर्वाचनमा सामेल भएका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?