पहिरो खसेर सिन्धुलीमा एक जनाको मृत्यु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरो खसेर सिन्धुलीमा एक जनाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर बिहीबार दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो ।

ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिका बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था जटिल 

सुवास विडारी

मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल बारीमा पुगेको थियो । घाइते यात्रुहरुको स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×