मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था जटिल - वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ घाइते, ३ जनाको अवस्था जटिल 

सुवास विडारी

मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी–६, नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको यात्रुबाहक बस बिहीबार अनियन्त्रित भएर सडकबाट करिब २५ फिट तल बारीमा पुगेको थियो । घाइते यात्रुहरुको स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्

सातदोबाटो उक्लियो शीर्षमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सातदोबाटोले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बिहीबार खुमलटारलाई २–१ ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि सरदोरवे मातमुराटोभ र दीपकराज सिंह ठकुरीले गोल गरे । 

खुमलटारका लागि राजीव लोप्चनले १ गोल फर्काए । यो जितपछि सातदोबाटोको १२ अंक भएको छ । चर्च ब्वाइज एक खेल कम खेलेर १० अंक छ । खुमलटार भने छ अंकमै सीमित रह्यो ।

बिहीबार नै सातदोबाटोमा भएको अर्को खेलमा हिमालयन शेर्पा र संकटाले गोलरहित बराबरी खेले । हिमालयनको ५ अंक भएको छ भने संकटाको ६ अंक भएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×