भोटेकोसीमा खसेर बेपत्ता युवकको खोजी जारी

अनिश तिवारी

सिन्धुपाल्चोक — कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर बेपत्ता भएका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ धुस्कुन चाम्बोटेका २१ वर्षीय अमृत थामीको खोजी जारी रहेको छ । 

भोटेकोसीमा खसेर बेपत्ता युवकको खोजी जारी

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार थामी मंगलबार दिउँसोतिर साइकलमा चढेर चाकुतर्फ जाँदै गर्दा ब्रेक फेल भएर झ्याले भिरको छेउको भागमा ठोक्किएर ५० मिटर तल खसेको स्थानीयले देखेका थिए । महभिरको झ्याले भिरखण्डको सडकमा बेपत्ता थामीको साइकल र चप्पल भेटिएको प्रहरीले जनाएको छ ।

घटना थाहा पाएयता इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेको अगुवाइमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरी बल,इलाका प्रहरी कोदारीका प्रहरी र बेपत्ताका आफन्त उद्धारमा खटिएका हुन् ।

प्रकाशित : चैत्र २, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?