१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नुवाकोटको ढुंगेबजारको आगलागीमा ३ पसल जले

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका–१ ढुंगेबजारमा आगलागी हुँदा जस्ताको टहराभित्र रहेका तीन वटा पसल जलेका छन् ।

नुवाकोटको ढुंगेबजारको आगलागीमा ३ पसल जले

विदुर नगरपालिका–९ घर भइ ढुंगेबजारमा भाँडा पसल गर्ने रामेश्वर अधिकारीको पसल, सुरेश श्रेष्ठको किराना पसल र अर्को फलफूलको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर लक्ष्मी खड्काले बताइन् ।

आगलागी सोमबार राति ११ बजेतिरबाट सुरु भएर बिहान दुई/तीन बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत् सट भइ आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय क्षति नभएपछि प्लाष्टिका भाडा, खाद्यान्न सामाग्रीसहित लाखौंको क्षति भएको पसलेले बताएको प्रहरीले जनायो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?