१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोकिएको टिपरमा माइक्राे ठोक्किँदा १६ घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका- २९ सिमलतालमा आइतबार सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।

रोकिएको टिपरमा माइक्राे ठोक्किँदा १६ घाइते

आइतबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे र बाँकी १४ जनाकाे अवस्था मध्यम रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडाैंतर्फ जाँदै गरेकाे बा ३ ख ५८९१ नम्बरकाे माइक्राे बस ना ६ ख ४४९० नम्बरकाे टिपरकाे पछाडि ठाेक्किएकाे थियाे । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?