कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चितवनमा हत्या आरोपित पक्राउ

कान्तिपुर संवाददाता

चितवन — आमाको हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-११ गणेशथानका ४० वर्षीय पुरन घलेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

घलेले आमा ७८ वर्षीया मिनाकुमारी घलेलाई लौरेले टाउकामा हानेर ज्यान लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

मिनाकुमारी बुधबार राति गणेशथानको घरमा मृत भेटिएकी थिइन् । घटनाबारे बुझ्दा छोरा पुरनले रक्सी खाएर आमासँग झगडा गरेको र विवाद बढ्दै जाँदा लौरेले टाउकोमा हानेको खुल्न आएको डिएसपी पण्डितले बताए । घटनापछि भागेका पुरन घर नजिकै लुकेर बसेका बेला बिहीबार मध्याह्न साढे १२ बजेतिर पक्राउ परेका हुन् । पुरन मिनाकुमारीका कान्छा छोरा हुन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?