वाग्मती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण - वाग्मती - कान्तिपुर समाचार

वाग्मती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण 

सुवास विडारी

मकवानपुर — वाग्मती सरकारले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो ।

भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलार्इं ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार केन्द्रमार्फत गत वर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिकहरुको स्वास्थ्यमा पहुँचमा पुर्‍याउन सरकार गम्भीर भएर काम गरिरहेको बताए । नागरिकको उचित स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार प्रतिसरकार गम्भीर रहेको र सरकारलाई उक्त दायित्वबोध भएकाले त्यसका लागि नीतिगत रुपमा अघि बढ्ने तयारी भएको बताए ।

उनले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधि अभाव हुन नदिन सरकार गम्भीर रहेको र सबै कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित : माघ २५, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा ब्याजदर थप बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर थप बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले रिपो दरमा ०.२५ प्रतिशत बिन्दुले वृद्धि गरेका हुन् । अब आरबीआईको रिपो दर ६.२५ प्रतिशतबाट ६.५० प्रतिशत कायम भएको छ ।

भारतमा बढ्दो महँगीलाई नियन्त्रणमा राख्नका लागि आरबीआईले यो कदम चालेको दासले बताएका छन् । आरबीआईको मौद्रिक नीति समितिले नै सर्वसम्मति रुपमा रिपो दर बढाउने निर्णय गरेको सञ्चारमाध्यम इकोनोमिक टाइम्सले जनाएको छ । भारतमा आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने उनले अनुमान गरेका छन् । रिपो दर बढ्दा समग्रमा भारतमा ब्याजदर बढ्न जानेछ । त्यस्तै भारतमा बैंक रेट ६.७५ प्रतिशत पुगेको छ । मुद्दती निक्षेपकै ब्याजदर भारतमा ८ प्रतिशत नाघेको छ ।


प्रकाशित : माघ २५, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×