वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा संसदीय समिति निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले तत्कालै कार्यव्यवस्था परामर्श समिति गठन गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार कार्यव्यवस्था समिति १६ सदस्यीय कायम गर्ने र समितिमा दलीय हिसाबमा प्रतिनिधि पठाउने निर्णय गरिएको छ । समितिमा प्रदेशका सभामुख‚ उपसभामुख र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक/एक जना सदस्य रहने बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाका अन्य ५ वटा समिति पनि गठन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले संसदीय समिति सोमबार गठन गर्ने र संसदीय समिति सभापतिको निर्वाचन भने माघ २५ गते गर्ने निर्णय गरेको हो । प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।

प्रकाशित : माघ २२, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी सांसद अर्यालको मनोनयन दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् ।

राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रिय सभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सिना छन् । गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिन लागेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक-फरक पार्टीबाट हुनुपर्ने कानुनी व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल एमाले हो । उसका १६ जना सांसद छन् । राष्ट्रिय सभाको दोस्रो ठूलो दल माओवादी केन्द्रका १५ जना सांसद छन् भने तेस्रो दल कांग्रेसका १० सांसद छन् ।

प्रकाशित : माघ २२, २०७९ १४:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×