कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

व्यक्तिगत र संस्थागत अनुदान बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा दिने गरिएको व्यक्तिगत र संस्थागत अनुदान अब बन्द गरिने बताएका छन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४ औं साधारणसभाको उद्घाटन गर्दै उनले प्रदेश तहबाट विभिन्न क्षेत्रमा व्यक्ति वा संस्थालाई वितरण गरिँदै आएको अनुदान दुरुपयोग भएको बताए ।

व्यक्तिगत र संस्थागत अनुदान बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

‘अब व्यक्तिगत वा संस्थागत अनुदान दिँदैनौं । हामी एउटा समुदायलाई नै रोजगारी र उत्पादनमा कसरी जोड्न सकिन्छ भनेर अध्ययन गरेर मात्र अनुदानलाई व्यवस्थित गर्छौं‚’ उनले भने । उनले अनुदानलाई पूर्णरुपमा सदुपयोग कसरी गर्न सकिन्छ भनेर समिति निर्माण गरेर अनुसन्धान गर्ने बताए ।

‘अहिलेको मोडालिटीले अनुदानको सदुपयोग हुँदैन । अब पकेट क्षेत्र निर्माण गरेर मात्र सरकारले अनुदान दिन्छ ।’, मुख्यमन्त्रीले आगामी मन्त्रिपरिषद्को वैठकले यस विषयमा ठोस निर्णय समेत गर्ने समेत बताए । ‘समुदायमा आधारित लगानी नगरी अब रोजगारी र कृषि उत्पादन बढ्ने सम्भावना छैन,’ उनले थपे ।

प्रकाशित : माघ २२, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?