काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार

काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।

उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

प्रकाशित : माघ १९, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन् । बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए दाहालले भने, 'केही हुँदैन । रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म ।'

सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बसुन्धरामा बसिररहेको छ । नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ ।

प्रकाशित : माघ १९, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×