कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भ्रष्टाचारमुक्त समाज बनाउन सबै लाग्नुपर्छ : आयुक्त चन्द

कृष्ण थापा

नुवाकोट — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्कुललिङमा खराबी भएकाले भ्रष्टाचार बढेको बताएका छन् । 

भ्रष्टाचारमुक्त समाज बनाउन सबै लाग्नुपर्छ : आयुक्त चन्द

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरी अन्तरक्रियामा नेपालमा स्कुलिङमै खराबी रहेको भ्रष्टाचार बढेको बताएका हुन् । ‘पोखरीमै खराबी छ । हाम्रो बस्तीमै खराबी भएको छ,’ आयुक्त चन्दले भने,‘कुनै संस्थामा भ्रष्टाचारी निस्क्यो भने संस्था खराबी होइन ।’

भ्रष्टाचार विरुद्धको समाज बनाउन सबै लाग्नुपर्ने उनले बताए । उनले नदीजन्य पदार्थको उत्खननले भ्रष्टाचार भएकोमा चिन्ता व्यक्त गरे । तोकिएको मापदण्डविपरीत उत्खनन गर्ने कार्य भएको उनको भनाइ थियो । ‘तोकिएको क्षेत्रभन्दा बढी र तोकिएको परिणामभन्दा तमाम बढी राज्यको दोहन गरिएको छ,’ उनले भने । आयुक्त चन्दले वैज्ञानिक तरिकाले कति परिमाणमा झिक्न मिल्छ त्यही अनुसार गर्न सुझाए ।

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता पुण्यप्रसाद पाठकले भ्रष्टाचारको अवस्था, नियन्त्रण, नियन्त्रणको संवैधानिक व्यवस्था, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था, भ्रष्टाचारजन्य कसुर र सजायलगायत विषयमा कार्यपत्र उल्लेख गरे । त्यसमा भ्रष्टाचारको कमजोर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीहरु, महँगो निर्वाचन प्रणाली, राजनीतिक दृढ ईच्छाशक्तिको कमी, कमजोर प्रशासनिक पद्धति र संरचनाहरु, प्रशासननिक अस्थिरता र राजनीतिक हस्तक्षेप, दण्डहिनतता र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले भ्रष्टाचार बढेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगमा १२ हजार ३ सय र मातहत कार्यालयहरुमा १२ हजार ३१ वटा भ्रष्टाचारको उजुरी गरी जम्मा २४ हजार ३ सय ३१ उजरी परेको आयोगले जनाएको छ । जसमध्ये ८ हजार ९३ उजुरीहरु आव ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका छन् । १६ हजार २ सय ३८ उजुरी आव ०७८/०७९ मा थप भएका थिए । आव ०७८/७९ मा कुल २४ हजार ३ सय ३१ उजुरी छन् । त्यसमध्ये १७ हजार १ सय ६९ उजुरी फर्छ्यौट भएका छन् । प्रारम्भिक छानबिनबाट ५ हजार ३ सय २ उजुरी तामेलीमा राखिएको आयोगले जनाएको छ ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख नरहरि घिमिरेले पनि कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले पारदर्शिता, जवाफदेहिता, सदाचारयुक्त संस्कृति एवं आर्थिक अनुशासनमा जोड दिए ।

प्रकाशित : माघ १८, २०७९ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?