वाग्मती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने- वाग्मती - कान्तिपुर समाचार

वाग्मती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।

सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।

प्रकाशित : माघ १८, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

सार्क सक्रिय बनाउन साइडलाइन वार्ता हुन्छ : परराष्ट्रमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकामा सार्क समकक्षीहरुसँग हुने साइडलाइन बैठकमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल गर्ने बताएकी छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौड्यालले श्रीलंकामा सार्कको विषयमा छलफलका लागि भेला नभए पनि समकक्षीहरुसँग हुने भेटमा सार्कलाई सक्रिय बनाउने विषयमा छलफल हुने बताइन् ।

'श्रीलंका साइडलाइन बैठकहरुमा उठाउने विषयमा एउटा सार्क सक्रिय बनाउने विषय पनि हुन्छ नै,' पौड्यालले भनिन् 'तर यो कार्यक्रम सार्कका लागि गरिएको भने होइन ।'

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल बुधबार कोलम्बो जाँदैछिन् । सो समारोहमा सहभागी हुन आउने सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरुसँग साइडलाइन बैठक गर्ने तयारी रहेको उनले बताइन् ।

सार्क अध्यक्ष राष्ट्रको रुपमा नेपालले यसअघि पनि सार्कलाई सक्रिय बनाउने विषयमा पहल गर्दै आएको छ ।यद्यपि भारत र पाकिस्तानको विवादका कारण यो विषय निष्कर्षमा पुग्न सकिरहेको छैन ।

भारत र पाकिस्तानको विवादकै कारण इस्लामावादमा २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन रोकिँदै आएको छ । भारतले पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिने काम गरेको भन्दै आतंकवाद र छलफल सँगसँगै जान नसक्ने बताउँदै आएको छ । पछिल्लो सार्क शिखर सम्मेलन सन् २०१४ मा नेपालमा भएको थियो ।

सार्कको गाँठो फुकाउन नेपालको भूमिका के ?

प्रकाशित : माघ १८, २०७९ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×