कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनलाई राजनीतिको प्रयोगशाला बनाइयो : खनाल

काठमाडौँ — नेपाली कांग्रेसका चितवनका सभापति राजेश्वर खनालले चितवन पछिल्लो समय राजनीतिको प्रयोगशाला बनेको बताएका छन् । उनले गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले टिकट वितरणमा चितवनलाई अन्याय गर्दा मतदाताको ध्यान भड्किएको दाबी गरे ।

चितवनलाई राजनीतिको प्रयोगशाला बनाइयो : खनाल

नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति खनालले चितवन–२ मा चर्चा भइरहेको उपनिर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए ।

‘चितवनलाई पछिल्लो समय राजनीतिक प्रयोगशाला बनाइएको छ, यहाँका मतदाताको धैर्यताको परीक्षण भइरहेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसजस्तो पार्टीले जसको भुगोलमा प्रभाव छ, उसलाई टिकट दिएन । टिकट वितरणमा कांग्रेसले बुद्धि नपुर्‍याउँदा चितवनको राजनीतिमा यो उतारचढाव भइरहेको छ ।’

उनले जनताले रवि लामिछानेको धरातल नबुझिकन मतदान गर्दा अहिले यो परिणाम हात लागेको बताए । ‘मतदातालाई ठूला दलले हेपेको महसुस भयो । र, रवि लामिछानेको हावा चल्यो, त्यसले देशभर प्रभावित पार्‍यो,’ खनालले अघि भने, ‘पार्टी खोलेको तीन महिनामै रवि लामिछानेले चुनाव जिते, गृहमन्त्री पनि भए । तर, एक महिनामै उनको यो हविगत भएको छ । चितवन–२ जनप्रतिनिधिविहीन भएको छ ।’

उनले अब उपनिर्वाचन भए चितवन–२ ले फरक परिणाम दिने दाबी गरे । ‘हिजो मतदाताले चिनेका थिएनन्, अब रवि लामिछाने को हुन् ? उनले कस्ता कस्ता कर्तुत गरिसकेका रहेछन् ? भनेर बुझेका छन्,’ उनी भन्छन्, ‘नागरिकतामा जालसाजी गरेको छ, पासपोर्टको मुद्दा अनुसन्धान भएको छैन । सांसद् पद नै खुस्किसकेको छ । तर रविजीलाई नै अहिले गृहमन्त्री नभई नहुने भनेर सुनिरहेका छौं ।’

प्रकाशित : माघ १७, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?